विवादास्पद अभिव्यक्ति दिने सांसद यादवको एन्फा प्रदेश १ द्धारा राजीनामा माग

अभिव्यक्ति पुष्टि गर्न अध्यक्ष किशोर राईको चेतावनी

Birat Post शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ जेष्ठ ।
सत्र करोड रुपैया खेलकुदमन्त्रीलाई दिएको विवादास्पद अभिव्यक्ति दिने सांसद प्रदीप यादवको एन्फा प्रदेश १ ले राजीनामा माग गरेको छ। सांसद यादवले खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एन्फाले १७ करोड रुपैया दिएको आरोप निराधार भएको बताउँदै एन्फा प्रदेश १ तदर्थ समिति अध्यक्ष किशोर राईले कपोकल्पित आरोप लगाएका सांसदले राजीनामा दिनुपर्ने बताएकाछन्।

१७ करोड रुपैया दिएको अभिव्यक्ति पुष्टि गर्न चेतावनी दिदैं अध्यक्ष राईले गरिमामय पद धारण गरेका सांसद यादवले विना प्रमाण सबैलाई गुमराह बनाउन खोजेको भन्दै राजीनामा माग गरेका हुन्। अहिलेको समय एन्फाको काम गर्ने भएको बताएका अध्यक्ष राईले भित्र र बाहिर दुवैतर्फबाट धमिरा लगाउने खेल सुरु भएकोप्रति चिन्ता व्यक्त गरेकाछन्। ‘अहिले बाहिरको इशारामा चल्दै एकअर्कामाथि दोषारोपण गर्नु भन्दापनि एन्फाभित्र कम्तीमा फुटबलको विकासको लागि सहकार्य गर्नुपर्छ। अब दुधका दुध पानीका पानी हुनुपर्छ नत्र, यो संस्कार कहिलेसम्म? सधै लुछाचुडीमै फुटबललाई घेराबन्दीमा पर्ने?’ उनले भने।

अर्कोतर्फ एन्फाका केन्द्रीय सह महासचिव बसन्त अर्यालपनि अध्यक्ष कर्माछिरिंग शेर्पाले समेत अभिव्यक्तिबारे जानकारी गराइसकेको हुनाले धेरै अनर्गल प्रचारबाजीमा लाग्न नहुनेमा जोड दिन्छन्। तराईको प्रतिनिधीत्व आफूहरुले पनि गर्ने बताएका अर्यालले ग्रासरुटमा १२ वर्षउमेरसम्म समूहका बालबालिकालाई लक्ष्य गरि फुटबल सिकाउने गरिएको बताए। फुटबलसंगै राष्ट्रियताका विषयमा सिकाउनु बालबालिकालाई अघि बढाउनुले सकारात्मक सन्देश जाने उनको भनाई छ।

पछिल्लो केही समययता एन्फाभित्रका असन्तुष्टिहरु सतहमा देखिएकाछन्। २ दशकलामो पीडाबाट बाहिरिएको नेपाली फुटबललाई निर्वाचित कार्यसमितिले काम गर्न नसकेको आरोपमा पदाधिकारीनै रुष्ट देखिएकाछन्। जसलाई एन्फाबाहिरबाट समेत सघाउ पुगिरहेको अर्याल बताउँछन्।

त्यसैगरि, एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी ‘कुमार’ले अहिलेको विषम परिस्थितीमा नेपाली फुटबललाई काम गर्ने समयसम्म सकारात्मक रुपमा साथ दिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘यहाँ एक अध्यक्षमात्र असफल हुदैनन्। सारा फुटबलप्रेमीले को कसरी काम गरिरहेकाछन् मुल्यांकन गरिरहेकाछन्। असफल हुदाँ एन्फानै हुने हो। त्यसैले एकजुट भएर काम गर्नुको विकल्प छैन।’

चारवर्षको लागि नेपाली फुटबललाई विकासको बाटोमा लैजान अध्यक्ष शेर्पासहितको कार्य समितिलाई म्यान्डेट छ। फुटबलमा परिवर्तन ल्याउने उदेश्यसहित एकढिक्का भएको समिति दुइवर्षको कार्यकालमा रुमलिएको छ। एन्फाभित्र भएका कमीकमजोरीलाई आपसी छलफलबाट टुंगाउन नसक्दा यसले थप विषम परिस्थिती सृजना गर्ने फुटबललाई नजिकबाट नियालिरहेका पूर्वपदाधिकारीहरु बताँउछन।

सम्बन्धित

ताजा अपडेट
चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्ट ट्रेडिङ
आश्विन शुक्ल अष्टमी र नवमी पर्व आज मनाइदै
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल