मोरङ, १९ असार ।
मोरङको जहदा गाउँपालिका–३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना मध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको तथा दिनेशलाई स्थानीयले उद्धार गरी उपचारको लागी कोशी अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।