Birat Post सोमबार, आषाढ २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

रंगेली,२९ असार ।
मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नगर परिषद् कार्यक्रम विवादित बनेको छ । मेयर दिलीप बगडियाले एकलौटी ढंगले वडाको सिलिङ बजेट कटौती गरि २५ लाख कायम गरेको भन्दै कांग्रेस निकट जनप्रतिनिधिले विरोध जनाउदै परिषद बहिष्कार गरेका छन् ।

नेकपाबाट निर्वाचित मेयर बगडियाले राजनैतिक प्रतिशोधका कारण वडाको सिलिङ बजेट कम गरेपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले परिषद् बहिष्कार गरेका छन् । मेयरले आफु अनुकुलका वडा र जनप्रतिनिधिहरुलाई अलग प्राथमिकताका बजेट बिनियोजन गर्ने गरेको र एकलौटी पेलेर जाने गरेकाले अन्य दलबाट निर्वाचित परिषद् सदस्यहरु असन्तुष्ट बनेका छन् ।

“मेयर वगडिया आफ्ना पार्टीबाट निर्वाचित वडाहरुका लागी मात्र चिन्तित देखिन्छन्”, रंगेली ३ का वडाअध्यक्ष घनश्याम पनेरुले भने,“अन्य वडाहरुमा बिपक्षी पार्टीको जनाधार कमजोर बनाउन र बिकासमा अवरोध गर्ने उनको मनसाय रहेको छ ।” मेयरमा निर्वाचित भएको करिव तिन बर्षको अवधिमा मेयरले सधै एकलौटी निर्णय लाद्ने गरेको पनि पनेरुको आरोप छ । नगर प्रमुखले समुल नगरको हित सोच्नु पर्नेमा बगडियाले केवल आफ्नो व्यवसायिक फाइदा र राजनैतिक प्रतिशोध मात्र सोच्ने गरेको उनको भनाइ छ ।

पटक-पटक विवादमा मुछिदै आएका मेयर बगडियाले परिषद् बहिष्कार गर्ने सदस्यहरुलाइ बिभिन्न प्रलोभनमा पार्ने प्रयास गरिरहेको स्रोतको दावी छ । सिलिङ बजेट कम भएपछि असन्तुष्ट रहेका वडाध्यक्षहरुलाई परिषद् गराउन ब्यक्तिगत लोभ समेत देखाएको नाम उल्लेख नगर्ने सर्तमा एक वडाध्यक्षले बताए । यद्यपी बहुमतको आधारमा परिषद सम्पन्न भएको छ ।

सम्बन्धित

ताजा अपडेट
तापमान बृद्धिका विषयलाई लिएर चिन्ता व्यक्त, रेडक्रस र विराटनगर महानगरले “हिट एक्सन प्लान” बनाउने
कोकनको सहकार्यमा महानगरद्वारा परिवार संवाद कार्यक्रम आयोजना
विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण गर्दै विराटनगर महानगर, बैंक तथा वित्तीय संस्थाको सहयोग, मुन्दडा संयोजक

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल