Birat Post बुधबार, आषाढ ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

गर्मी महिना लागेसँगै छालामा विभिन्न समस्याहरु आउने गर्छन् । एलर्जी, घमौरा, गर्मी समयमा छालामा आउने मुख्य समस्या हुन् । तर गर्मीमा छालालाई ख्याल गर्ने हो भने छाला सम्बन्धी समस्या समाधान हुन सक्छन् । गर्मीमा छालामा कस्ता खालका समस्याहरु आउँछन् ? कसरी जोगिने ? छालामा आउने समस्या समाधानको लागि अपनाउनुपर्ने उपाय के हुन्न् लगायतबारे वरिष्ठ छालारोग विशेषज्ञ डा. लैला लामाको टिप्स :-

गर्मी भन्ने बित्तिकै हामीले चर्काे घाम बुझ्छौ । चर्काे घामले छालालाई जलाउने समस्या हुन्छ । विशेष गरेर खेलकुदसँग आबद्ध व्यक्तिहरुले खेल खेलेपछि छाला रातो हुने सुन्निने जस्ता समस्याहरु बोकेर आउनुहुन्छ । त्यो बाहेक गर्मी समयमा तेल निकाल्ने ग्रन्थीले धेरै तेल निकाल्छ जसले गर्दा छाला चिल्लो हुन्छ । छाला चिल्लो हुनु आफैँमा पनि एउटा समस्या हो । छाला धेरै चिल्लो हुँदा डण्डीफोर आउने व्यक्तिहरुमा, डण्डीफोरको मात्रा बढी हुने र कडापना पनि बढेर आउँछन् ।

यस्तै गर्मी समयमा छालामा हुने अर्काे समस्या भनेको घमौरा हो । यो सामान्यतया धेरै व्यक्तिमा हुने समस्या हो । घमौरा धेरैजसो पसिना निकाल्ने ग्रन्थीको मुख बन्द भएर बाहिर निकाल्न नसकेपछि घमौरा आउँछ । साधारण खटिरा आउनेदेखि पाक्ने घमौरा पनि हुन्छन् । यस्ता घमौरा गर्मी समयमा धेरै आउँछन् । तराईमा धेरै गर्मी भएको हुँदा छाला जल्ने छाला कालो हुने जस्ता समस्याहरु हुन्छन् । सकेसम्म घामबाट छालालाई बचाउँदा राम्रो हुन्छ ।

बालबालिकामा धेरै घमौरो किन आउँछ ?

गर्मी समयमा बालबालिकामा घमौरो धेरै देखिन्छ । किन भने बालबालिकाको शरीरको पसिना निकाल्ने ग्रन्थीको राम्रोसँग विकास भएको हुँदैन । पसिना बाहिर निस्किन नसक्दा घमौरा आउँछ । बालबालिकको शरीरको पसिना आउने ग्रन्थी पूर्ण रुपमा विकास नभए घमौरा आउने जस्तै वृद्धावृद्धहरुको हकमा पनि धेरै घमौरा आउने सम्भावना हुन्छ । वृद्धावृद्धहरुले कपडा धेरै लगाउने हुँदा पनि धेरै घमौरा आउने सम्भावना हुन्छ ।

गर्मी महिनामा अन्य उमेरका व्यक्तिहरुको छालामा पनि घमौरा आउने समस्या हुन्छ । दिनभरी काम गर्दा छालामा फोहोर जमेको हुन्छ । छालालाई सहि तरिकाले हेरचाह गरेको छैन भने भिजेको छालामा फङ्गस जातको किटाणु पलाउँछ जसले गर्दा फंङगल इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ ।

गर्मी महिनामा धेरै नुहाउँदा एउटा बेफाइदा के हुन्छ भने शरीर सफा भएपनि छाला सुख्खा हुन्छ । धेरै नुहाउँदा र साबुनको कारणले पनि छाला सुख्खा हुन्छ । यसरी धेरै नुहाउँदा शरीरमा सुख्खा दागहरु आउने छाला चिलाउने समस्या हुन सक्छ ।

गर्मीमा छाला स्वास्थ्य राख्ने विधि :
१. पसिना धेरै नहुने र हावा छिर्ने खुकुलो कपडाको प्रयोग गर्ने ।

२. प्रशस्त मात्रामा पानी पिउने ।

३. जमेको पसिनालाई समयमा पखाल्ने छालालाई सफा राख्ने । पसिना धेरै आउने ठाउँमा धुने पुस्ने र सफा राख्ने । यस्तो गर्दा गर्मीमा हुने छालामा हुने समस्याबाट बच्न सकिन्छ ।

                                                                -डा. लैला लामा वरिष्ठ छालारोग विशेषज्ञ 

स्रोत: रातोपाटी डट कम

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल