विराटनगर ५ साउन ।
बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगबनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर ६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेको छन् । उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
आइतवार विभिन्न समयमा भारतिय नागरिक अनवरलाई विराटनगर स्थित वडा नं १५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको छ भने बिराटनगर स्थित वडा नं १६ बाट सुमित र मनिस नाम गरेका दुइ व्याक्तिवाट १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका तिनै जना माथी थप अनुसन्धान भइरहेका ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।