विराटनगर ५ साउन ।
विराटनगर महानगरले नगरक्षेत्रमा भइरहेका डुबानहरुको स्थाइ निकासका लागि तयारी थालेको छ । विभिन्न स्थानमा भएका डुबानको अवस्था र तीनको निकासका लागि इन्जिनियर सहितको टोलीले अनुगमन गरेको हो । महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की,वडाध्यक्ष बिनोद बस्नेत , इन्जिनियर गोपाल पोख्रेल र सुजन श्रेष्ठ सहितको टोलिले नगरका विभिन्न भागको अनुगमन गरेका थिए ।
विराटनगरमा हाल डुबानमा परेका क्षेत्रहरु पहिचान र पानि निकासका लागि के -कति कार्य गर्न सकिन्छ भन्ने विषयमा समेत टिपोट गर्ने काम शुरु भएको छ । विराटनगरमा भइरहेको डुबानका कारण र तीनको पहिचान सहित समस्या समाधान गर्ने कार्यमा महानगर लागिरहेको मेयर पराजुलीले जानकारी दिए ।