विराटनगर १२ साउन ।
प्रदेश १ मा आज २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
जसमध्ये १९ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका ५ महिला २ पुरुष र रतुवामाईका १२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी झापाका २ पुरुष, पाँचथर र धनकुटाका १/१ पुरुषमा संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।