Birat Post आइतबार, भाद्र १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ भदौ ।
सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको मोरङ शाखा गठन भएको छ । आदर्श मा. वि. विराटनगर मोरङका शिक्षक सन्तोष पोख्रेलको अध्यक्षतामा सामाजिक अध्ययन विषय शिक्षण गर्ने शिक्षकहरुको भर्चुअल भेलाले समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा लिला निरौला, सचिवमा झंक प्रसाद पराजुली र कोषाध्यक्षमा नर्वदा अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सञ्चलाल लिम्बु , श्याम शाह, चुडामणी गौतम, विनोद घिमिरे र नरोत्तम श्रेष्ठ रहेका छन् । शाखाको सल्लाहकारमा सामाजिक विषयका विज्ञ शिक्षकहरु अशोक लुइटेल, महेश गौतम, पद्यमा रेग्मी, सुशिल चौधरी, किशोर पोख्रेल र बाबुकाजी थापा रहेका छन् ।

राष्ट्रको लागि आवश्यक असल नागरिक तयार पार्न आवश्यक सक्षम शिक्षकको रूपमा सामाजिक अध्ययन विषयका शिक्षकलाई विकास गर्न, सामाजिक अध्ययन विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र विषयगत समस्याहरूको सामूहिक प्रयासबाट समाधान समेत गर्नका निम्ति यो समाजको गठन गरिएको हो । विद्यालय तहमा शिक्षण गरिने सामाजिक अध्ययन विषय शिक्षणमा संलग्न अध्यापकहरू तथा यसको विकास र प्रबद्र्धनमा संलग्न विज्ञहरूको साझा मञ्चको स्थापना र सञ्चालन गर्ने उद्देश्यले यो संस्था स्थापना भएको बताइएको छ ।

विराट महेन्द्ररात्री मा.वि का सामाजिक शिक्षक पद्यमा रेग्मी को सभापतित्वमा भएको अनलाइन भेलामा शुभकामना दिदै केन्द्रिय अध्यक्ष महेन्द्र बिष्टले सामाजिक अध्ययन विषयकोशिक्षण सिकाइलाई प्रभावकारी बनाउन, यस विषयको विकास र प्रवद्र्धन गर्नुका साथै यसका बारेमा अध्ययन अनुसन्धान गरी यसको विकासमा समेत मद्धत पुग्ने हेतुले यो समाजको गठन भएको बताए ।

कार्यक्रममा शुभकामना दिदै नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिका अध्यक्ष शिवराज कोइरालाले अब शिक्षकहरुले सुचना प्रविधिको प्रयोगका माध्यमबाट आफ्नो विज्ञता आदान प्रदान गर्न यस प्रकारको संगठन कोशेढुङ्गा हुने बताए ।

यसैगरी नेपाल शिक्षक महासंघका जिल्ला सचिव अशोक कुमार लुइटेलले सामाजिक विषय ले समाज संग सम्बन्धित सबै खालका परिवर्तनलाई आत्मसाथ गर्ने भएकोले समाज परिवर्तनका लागि सबै सामाजिक शिक्षकहरुको अझ बढी महत्वपुर्ण जिम्मेवारी रहेको कुरामा जोड दिए ।

उक्त अवसरमा बोल्दै केन्द्रीय बरिष्ठ उपाध्यक्ष ध्रुवराज थापाले विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूलाई असल नागरिकको रुपमा विकास गर्नका निम्ति सामाजिक अध्ययन विषयमा निम्न तह देखि उच्च तह सम्म विषयगत स्तरता कायम गर्न र अध्ययन अध्यापनमा देखा परेका विषयगत समस्या समाधान गर्न यो संस्था क्रियाशील बन्न जरुरी रहेको बताए । यस्तै सामाजिक विषयका विज्ञ शिक्षकहरु बाबुकाजी थापा, किशोर पोख्रेल लगायतले समेत आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दिर्घध्वज चापागाई, सामाजिक अध्ययन तथा अनुसन्धान समाजका केन्द्रीय महासचिव ज्ञानबहादुर अधिकारी, कोषाध्यक्ष इन्दिरा ढकाल, प्रधानाध्यापकहरु तुलसी दुलाल ,टंक सिटौला लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले बढ्यो
विराटनगरमा रहेको विराटराजाको दरबार क्षेत्रले मुहार फेर्दै ,पुरातात्विक विभागले शुरु गर्यो काम
सवारी दुर्घटनामा २ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल