Birat Post सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २२ भदौ ।
विराटनगरकी अग्रज कवयित्री राधिका गुरागाईं विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा प्रथम भएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विराटनगर निवासी गुरागाईं प्रथम भएकी छन् । जगन्नाथ शर्मा गुरागाईं साहित्य प्रतिष्ठानकी अध्यक्ष र नेपाली लेखक संघकी केन्द्रीय सदस्यसमेत रहेकी गुरागाईंको ‘इन्द्रेणी सपनाहरू’ शीर्षकको कविता प्रथम घोषित भएको हो ।

विगत साढे तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय गुरागाईंका कवितासंग्रह प्रकाशित छन् । यस प्रतियोगितामा पुरस्कार स्वरुप राधिकाले ५ सय युएस डलर र प्रमाणपत्र प्राप्त गरेकी छन् । विश्वभरका करिब ३ सय नेपाली कविहरुलाई उछिन्दै गुरागाईं प्रथम हुन सफल भएकी हुन् । त्यस्तै प्रतियोगितामा उदयपुरका कवि जीवन आरोही दोस्रो र झापाका कवि केशव भट्टराई तृतीय भए । आरोहीको कविता ‘निमन्त्रणा’ र भट्टराईको कविता ‘पर्खाइ’ क्रमशः द्वितीय र तृतीत भएका हुन् । यसैगरी खोटाङ निवासी कवि शुभचन्द्र राई चौथो र अमेरिका निवासी कवि कल्पना तामाङ पाँचौ स्थानमा रहेर पुरस्कृत भएका छन् ।

कवि राईको कविता ‘कथाको पात्र’ र कवि तामाङको कविता ‘विभेदको पानी’ पुरस्कृत भएका हुन् । दोस्रो हुनेलाई नगद ३ सय युएस डलर, तेस्रो हुनेलाई नगद २ सय युएस डलर र चौथो र पाँचौ हुनेलाई नगद १–१ सय युएस डलर र प्रमाणपत्र प्राप्त गरेका छन् । वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेको निर्णायक समितिले पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल