ईलाम, २८ भदौ ।
ईलामको माई नगरपालिकामा पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । इलाम २ सेली डाँडामा बस्ने बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको हो । आइतबार घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा चिप्लिएर पोखरीमा डुब्दा घाईते भएकी नाबालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।