विराटनगर १३ असोज ।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी जवान दिनेश कार्कीलाई उनले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै “भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । कार्की विभागिय मुल्यमान्यता, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेर उच्च मनोबल र साहसका साथ कार्यसम्पादन गर्दै आएका छन् ।
आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउने प्रशंसनिय कार्य उनले गरेका छन् । प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गरी पुरस्कृत गर्ने गरेको छ ।