झापा १४ असोज ।
झापाको बिर्तामोडबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विर्तामोड शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित उनिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र ३९ वर्षीय नर बहादुर राजवंशी छन् ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर साथै नगद ९ हजार रुपैंया समेत बरामद भएको हो ।
पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।