Birat Post आइतबार, आश्विन १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी १८ असोज ।

सुनसरीको ईनरुवाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी दुहबी–१० का २६ वर्षीय दिपक कुमार यादव र हरीनगर–६ का ३४ वर्षीय सहिद मियाँ रहेका छन ।पक्राउ परेका दुवै जनाले लागुऔषध लुकाई छिपाई राखेको सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात चेकजाँच गर्दा १४० बोतल DIALEX-DC, ३९६० क्याप्सुल SPASMO-PROXYVON plus र १३५० Nitra vet ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी सुनसरीकै कोशी गाँउपालिका–३ नहर चोकबाट २८ वर्षीय कमरुदिन मियाँ लागुऔषध सहित पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको हो । चेकजाँच गर्दा उनिबाट ४५  बोतल DIALEX-DC र ३२८ क्याप्सुल SPASMO-PROXYVON plus बरामद गरिएको हो ।

लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल