सुनसरी १९ असोज ।
सुनसरीमा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । हरिपुर बस्ने धिरेन यादवका ३ वर्षीय छोरा सतिश कुमार यादवको मृत्यु भएको हो ।
आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक पानीमा लडेर वेहोस भएका बालकलाइ उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।