Birat Post शुक्रबार, आश्विन २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २३ असोज ।
हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो । विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए । विशेष गरी हाँस्यव्यङ्ग्य विधामा कलम चलाउने सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हाँस्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित छन् । भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रुपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।

समसामयिक विषयमा तीखो प्रवाह गर्न सिपालु सापकोटाले कविहरूलाई समेत व्यङ्ग्य गर्न पछि नपर्ने प्राज्ञ विवश पोखरेल बताउँछन् । कविहरूका चरित्रका विषयलाई समेत सापकोटाले आफ्नो लेखनमा उतार्ने गरेको उनले बताए । साहित्यिक गोष्ठी भनेपछि हुरुक्कै हुने सापकोटा पछिल्लो समय शारीरिक अस्वस्थता हुँदाहुँदै पनि कार्यक्रममा जाने गर्दथे । निरन्तरको लगावकै कारण उनले हाँस्यव्यङ्ग्य साहित्यमा छुट्टै छाप छाडेर गएको वरिष्ठ समालोचक दधिराज सुवेदीको ठम्याइ छ ।

पत्रकारसमेत रहेका युवाकवि मीनकुमार नवोदितले सापकोटाको अवसानले विराटनगरको हाँस्यव्यङ्ग्य क्षेत्र खाली भएको प्रतिक्रिया दिए । हाँस्यव्यङ्ग्य साहित्यमा सापकोटालाई चुनौती दिने विराटनगरमा कोही पनि नभएको नवोदितको भनाइ छ । विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरोजस्तै भएको र सापकोटाको अवसानसँगै खाली भएको हाँस्यव्यङ्ग्यको स्थान परिपूर्ति हुन निकै समय लाग्ने उनले बताए । सरल भाषाशैलीमा तीखो व्यङ्ग्य गर्न खप्पीस सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शुक्रबार विराटनगर होटखोलास्थित श्मशान घाटमा अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल