विराटनगर २८ असोज ।
मोरङ रतुवामाईका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । रतुवामाई–१० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको मृत्यु भएको हो । मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा वेहोस भएका लिम्बुलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएको थियो ।
उपचारको क्रममा लिम्बुुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।