विराटनगर २८ असोज ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रम गरेको छ । हाल कोरोना भाइरसका कारण देशैभर रगतको कमी भईरहेको अवस्था छ । यस्तो अवस्थामा रक्तसञ्चार सेवामा रगत अभाव नहोस् भन्ने उदेश्यका साथ ६५ औं प्रहरी दिवसको अवसर पारेर बुधबार एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङगणमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त सेवा विराटनगरको उपस्थितिमा प्रहरीले रक्तदान गरेको हो । रगत अभावका कारण विभिन्न अस्पतालमा पु¥याईएका बिरामीहरुको उपचारमा समेत समस्या भईरहेकाले रक्तदान कार्यक्रम अत्यन्त आवश्यक छ ।
रक्तदान कार्यक्रममा १०१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।