सुनसरी २८ असोज ।
सुनसरी भोक्राहा नरसिंह–३ का ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण संगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखिएको लागुऔषध Dialex-DC ३० बोतल फेला पारी बरामद गरिएको छ । पक्राउ परेका साह उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोे छ ।