Birat Post मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ कार्तिक ।
वरिष्ठ हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।

१३ औं पुण्यतिथिका अवसरमा विराटनगर–११ स्थित उनकै निवासमा भेला भएका साहित्यकारहरूले सापकोटाको निधनले हाँस्यव्यङ्ग्य साहित्यमा अपूरणीय क्षति पुगेको बताए ।

अग्रज साहित्यकार महेश प्रसाईंको अग्रसरमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरूले सापकोटाको निधनले विराटनगरमा हाँस्यव्यङ्ग्य साहित्य खाली भएको टिप्पणी गरे ।

प्राज्ञ विवश पोखरेलले सापकोटा असल साहित्यकार मात्रै नभएर सादा जीवन र उच्च विचारका प्रतिमूर्ति भएको बताए । “सापकोटाको निधनले विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरो भएको छ,” उनले भने, “अब यो रिक्तता पूरा हुन निकै समय लाग्छ ।”

साहित्यकार रामबाबु दाहालले समसामयिक विषय तिखो व्यंग्य प्रहार गर्न सक्ने क्षमता सापकोटामा भएको बताए । अर्का साहित्यकार रामबाबु दाहालले पनि सापकोटाको अवसानले  हाँस्यव्यङ्ग्य साहित्यमा ठूलो क्षति  पुगेको उल्लेख गरे ।

समारोहमा साहित्यकार देवी पन्थी, भरत गुरागाईं, राधिका गुरागाईं, मीनकुमार नवोदित, मुनाल पोखरेल, लेखक दिनेश श्रेष्ठ, चिकित्सक आलोक भण्डारी, कवि शिवनारायण पण्डित सिंगल, भवानी पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रावर्तीलगायतले सापकोटाको योगदानको चर्चा गरे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल