Birat Post मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ कार्तिक ।

अवैध रुपमा भन्सार छली गरी लुकाइ छीपाइ ल्याएको करिब ११ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मुल्य बराबरको अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

भारतिय सिमा एरियाहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुराकीका आधारमा मोरङको कटहरी–४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैया बराबरको खाद्यान्न सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट सिमा एरियाहरुमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटका तथा खाद्यान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

यता जिल्ला प्रहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैया बराबरको भन्सार छली गरी ल्याएका खाद्यान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउदै आइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच शिविर
विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै
नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको थम्पसनको स्पष्टोक्ति

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल