ओखलढुङ्गा ५ कार्तिक ।
ओखलढुङ्गा मानेभञ्ज्याङमा एकजनाको लडेर मृत्यु भएको छ । मानेभञ्ज्याङ ७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई वर्षीय छोरा प्रमेश कार्कीको छतबाट लडेर मृत्यु भएको छ ।
आज बिहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा लड्दा बेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।