Birat Post बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

मोरङ ६ कार्तिक ।
अवैध रुपमा भन्सार छली गरी लुकाइ छीपाइ ल्याएको करिब ६ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । विभीन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले करिब ६ लाख मुल्य  बराबरको खाद्यान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद  गरी भन्सार  कार्यालयमा बुझाएको हो ।

भारतिय सिमामा खटिएको प्रहरी टोलीले २ लाख ७८ हजार ४ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौकबाट ३ लाख २१ हजार ६ सय मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरेको छ ।

भारत जोगबनी घर भएका २२ बर्षीय किसन कुमार रायलाई समेत पक्राउ गरेको छ । जोगबनी बस्दै आएका रायले विराटनगर स्थित घाँसचौकमा सटर भाडामा लिएर अवैध रुपमा भन्सार छलेर लत्ता कपडा ल्याइ स्टोर गरी राख्दै आएका थिए । उनलाई उक्त सटरबाटै ३ लाख २१ हजार ६ सय मुल्य बराबरको लत्ता कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउदै आईएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालमा ६८ हजार नयाँ क्षयरोगी, ४० प्रतिशत बढी उपचारको पहुँच बाहिर
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
देशमा संकट पर्दा कांग्रेस–एमाले एक ठाउँमा : शंकर पोखरेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल