Birat Post बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ कार्तिक ।
विराटनगर महानगर वडा नं –४ ले पोषण भत्ता वितरण कार्यक्रम शुरु गरेको छ । ८४ वर्ष माथि पुगेका ज्येष्ठ नागरिकहरुलाई भत्ता वितरण गरिएको हो । बिहिवार वडाका विभिन्न क्षेत्रमा पुगी ५ जना ज्येष्ठ नागरिकलाई घर-घरमै पुगेर पोषण भत्ता वितरण गरिएको छ । १२ हजार र ९ हजारका दरले अवस्था हेरी वितरण गरिएको वडाध्यक्ष देबेन्द्रराज पोखरेलले जानकारी दिए । वडामा ९८ जना जेष्ठ नागरिकहरु रहेका छन् ।

उनीहरुलाई क्रमश भत्ता वितरण गरिने जनाइएको छ । विराटनगर महानगरले ज्येष्ठ नागरिकहरुका लागि प्रत्येक महिना छुट्टै १ हजार भत्ताको ब्यवस्था गरेको छ । भत्ता वितरण कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की,कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत दुर्गा खतिवडा,सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतम ,वडा सदस्यहरु बलकराम राजबंशी, तुलसी प्रसाद घिमिरे ,शुसिला सापकोटा ,चन्दा सरदार ,वडा सचिव भावना निरौला लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल