झापा १९ कार्तिक ।
झापाको मेचीनगर नगरपालिका–७ बाट ठुलो परिमाणमा अवैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको करिब ७ लाख २२ हजार मुल्य बराबरको सामानहरु बरामद गरेको हो ।
कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस लगायतका बरामद भएको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।