Birat Post मंगलबार, कार्तिक २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर  २५ कार्तिक / बरिष्ठ पत्रकार एवं न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शंकर खरेललाई पितृशोक परेको छ ।
खरेलका पिता युवराज शर्माको ९० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । वि.सं. १९८८ सालमा गुल्मीमा जन्मिएका शर्मा सानै उमेरमा परिवारका साथ बर्मा गएका थिए । बर्माबाट २०१३ सालमा नेपाल फर्केर मोरङको रंगेलीमा स्थायी बसोबास गरेका शर्मा पछिल्लो समय विराटनगरमा बसोबास गर्दैै आएका थिए ।                                                                    २०१७ सालदेखि नेपाली कांग्रेससँग निकट रहेर काम गरेका शर्माकी श्रीमतीको १० वर्षअघि नै निधन भइसकेको छ ।
शर्माको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कांग्रेसको झण्डा ओढाएका थिए । शर्माका शंकरसहित चार छोरा र चार छोरी जन्मिएका थिए । जसमध्ये एक छोरा र एक छोरीको निधन भइसकेको छ । शर्माको मंगलबार परोपकार घाटमा अन्तिम संस्कार गरियो । अन्त्येष्टिमा कांग्रेस केन्द्रीय सदस्य अर्याल, महानगरका मेयर पराजुली, उपमेयर इन्दिरा कार्की, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वगभर्नर लीला ढुंगेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल