मोरङ २१ मंसिर ।
भारतिय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको लत्ता कपडा, किचनका आईटम तथा खाद्यान्न सामाग्रीहरु बरामद गरिएको छ ।
मोरङको विराटनगर–१६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद गरिएको हो ।विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले करिब ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो ।
बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।