Birat Post मंगलबार, मंसिर ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० मंसिर ।
मोरङको धनपालथान गाउँपालिकाबाट २ हजार ४ सय ६० केजी चिनीसहित चारजना पक्राउ परेका छन् ।

भारतको कुवाडीबाट अवैध रुपमा भन्सार छलेर भित्र्याइएको ४९ बोरा चिनीसहित धनपालथान गाउँपालिका–४ का सुनिल राजवंशीको गोदामबाट उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–२ का १७ वर्षीय दिपककुमार मण्डल, सोही स्थानका १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याइएको चिनी नेपाली बोरामा पल्टी गरिरहेको अवस्थामा उनिहरुलाइ नियन्त्रण लिएको थियो । प्रहरीले गोदामबाट चार थान मोटरसाइकल समेत बरामद गरेको छ । अवैधरूपमा भन्सार छली ल्याएको चिनीको बजार मूल्य अन्दाजी एक लाख ४७ हजार बराबर रहेको छ ।

बरामद सामाग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल