विराटनगर ३० मंसिर ।
विराटनगरबाट ग्याँस कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका –१४ स्थित मलाहा रोडमा रहेको फोटोकपी तथा ग्याँस पसलमा एउटा सिलिण्डरबाट अर्कोमा सारेर तौल कम गरेर विक्री गर्ने गरेको खुलेको छ । यस कार्यमा संलग्न रहेका पसलका सञ्चालक मनिष यादव पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले यादवको पसलमा खानतलासी गर्दा ठूलो ग्याँस सिलिण्डर ११ थान, सानो ग्याँस सिलिण्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान र एयर लिंक गर्ने पाइप १ थान बरामद गरेको छ ।
पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।