विराटनगर ५ पुष ।
विराटनगर महानगरपालिका –१४ झटियाहिमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
शनिबार राति करिब १२ बजे आगलागी हुँदा स्थानिय राजेश कुमार दासका १४ वर्षीय छोरा रविनको मृत्यु भएको हो । दासको श्रीमती इन्दुमति र अर्का ७ वर्षीय छोरा किसन भने घाइते भएका छन् ।
घाइते दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
आगो ताप्न बालिएको घुरबाट आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानिय, प्रहरी र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।