झापा ७ पुष ।
झापाको बिर्तामोडमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–२ बस्ने २५ वर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । प्रहरीले आफ्नै घर अगाडी आगो तापेर बसिरहेकी शर्मालाई जलेर मृत अवस्थामा फेला पारेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । जाडो सुरु भए सँगै आगलागीका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।