Birat Post बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ पुष ।
झापा र ईलामका छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । मे ८ प ३४२८ नम्बरको मोटरसाईकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका–३ बाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय शेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो । दुवैजनालाई चेकजाँच गर्ने क्रममा साथबाट Eskuf syrup १० थान, नाईट्रोजन १० ट्याब्लेट, उईनपासमोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र गाँजा २०० ग्राम बरामद भएको थियो ।

यस्तै ईलामको सुर्योदय नगरपालिका–८ छिपिटारबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका–४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल