विराटनगर १२ पुष ।
प्रदेश १ का तीन जना मन्त्रीले एक साथ राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास रहेका छन् ।
प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री राईले शनिवार साँझ प्रचण्ड–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरे संगै प्रदेश १ मा राजनैतिक सरगर्मी बढेको छ ।