विराटनगर १६ पुष ।
मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।
मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १७ वर्षीय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेका हुन् । उनिहरुको साथबाट प्रहरीले एभील–१ एम्पुल, लुपिजेसिक–१ एम्पुल, डाईजोल्याव–१ एम्पुल र नाईट्राभेट–१०५ ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसैगरी झापाको भद्रपुर नगरपालिका–४ डागीवारीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ का २५ वर्षीय अर्जुन हल्दार र ३३ वर्षीय मुस्तेक शेकलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।