Birat Post शनिबार, पुष १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १८ पुष ।

मोरङको केराबारी–१० बाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा केराबारी–७ का १७ बर्षीय बिशेष राई र १९ बर्षीय बिपिन लिम्बु रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले २ केजी गाँजा सहित पक्राउ गरेको हो ।

यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–९ बाट समेत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका–१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई पक्राउ गरेको छ । लिम्बुको साथबाट २ केजी ७०० ग्राम गाँजा समेत प्रहरीले नियन्त्रणमा लिएको छ । साथै गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको बताइएको छ ।

यसरी लागुऔषध गाँजा सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल