Birat Post सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ माघ ।
‘ हामीलाई पनि समावेश गर’ भन्ने नाराका साथ राष्ट्रिय अपाङगता महासंघले प्रदेश १ स्तरिय पाँचदिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । तालिममा प्रदेश १ का १२ जिल्लावाट ४२ जनाले सहभागिता जनाएका थिए । अपाङ्गताका १० प्रकारलाई पहिलोपटक एकै थलोमा राखेर तालिम प्रदान गरिएको यो पहिलोपटक हो ।

लेखाई, खेल, नृत्य एवं नाटकको माध्यमबाट नेपालको संविधान, अपाङ्गहरुको अधिकार , पालिका र ग्रामीण क्षेत्रबाट लिनुपर्ने हक अधिकारका विषयवस्तुमा तालिमलाई लक्षित गरिएको राष्ट्रिय अपाङ्ग महासंघ संघीय कोषाध्यक्ष के.पी. अधिकारीले जानकारी दिए । कार्यक्रममा दोभाषेको भुमिका सन्तोषि तिवारी,राधिका न्यौपाने,यसोधा थापा,डिल्लिरमण तिम्सिनाले गरेका थिए ।

आइतवार विराटनगरमा आयोजित समापन कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अपाङ्ग महासंघको भवन निर्माणका लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विराटनगरको आदर्श माविमा अपाङ्ग सहितको समावेशी शिक्षा अध्ययन गराउने नमूना विद्यालयको निर्माणका लागि अन्तिम तयारी भएको बताए । अपाङ्गता भएकाहरुको रोजगारीका लागि आबश्यक प्रबन्ध गर्न विभिन्न निकाय संग समन्वय भइरहेको र यसमा सवैको सहयोग आबश्यक रहने बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतम,राष्ट्रिय अपाङ्गता महासंघ प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ,राष्ट्रिय अपाङ महासंघ संघीय अध्यक्ष मित्रलाल शर्मा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल