Birat Post सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

– दिलकुमार घमाल


‘यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी’ वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द र स्वरसम्राट नारायणगोपालको स्वरमा भनेजस्तै मैले पनि जिन्दगीलाई आफ्नै किसिमबाट बिताउँदै आएको छु । जिन्दगीलाई नजिकबाट चियाउने र बुझ्ने प्रयास गरिरहेको छु । स्वरसम्राटले भनेजस्तै आखिर जिन्दगी भनेको दुई दिनको त रहेछ । आज छ भोलि छैन । जिन्दगीलाई हाँसी–खुसी र उल्लाहका साथ बिताउनु नै जिन्दगी हुनुको सार्थकता हो भन्ने मलाई लाग्दछ । कवि साहित्यकारहरुले जिन्दगीलाई त्यतिकै घाम–छाँयाका रुपमा चित्रण गरेका होइनन् । कतिपयले जिन्दगीलाई कर्कलाको पातको पानीसँग पनि तुलना गर्ने गरेका छन् । जिन्दगी भनेको कसले कसरी बिताउने हो भन्ने व्यक्ति विशेषमा भर पर्दछ । मैले जिन्दगीलाई उल्लाहका साथ बिताउने गरेको छु । हुन त जिन्दगी जिउने कला सबैका आ–आफ्नै हुन्छन् । तर, अनावश्यक तनावलाई टाउकोमा राखेर जिन्दगीलाई व्यर्थ बनाउनु हुँदैन भन्ने मेरो मान्यता हो
यतिबेला कोभिडले विश्व नै आक्रान्त छ । मानिस कोभिडबाट त्रसित छन् । मानसिक रुपमा तनावमा छ यतिबेला विश्व समुदाय नै । तर, मैले कोभिडलाई सामान्य रुघाखोकीको संज्ञा दिएको छ । कोभिडको कारण मेरो कर्मभूमि अष्ट्रिया पनि लामो समयदेखि लकडाउनमा छ । कोभिडले व्यापार व्यवसाय चौपट्ट बनाएको छ । तर, कोभिडले सिर्जना गरेको समस्यासँगै मानिस डरायो भने त्यसले प्रगति गर्दैन । चिन्ता र पीर लिएर समस्या समाधान हुने भए विश्व धेरै नै अगाडि बढिसकेको हुने थियो । चिन्ताले चितामा पु¥याउँछ भनेर हाम्रा अग्रजहरुले त्यतिकै भनेका होइनन् ।
कोभिड सुरु भएपछि सन् २०२० मेरा लागि अविस्मरणीय रह्यो । व्यावसायिक व्यस्तताले घरपरिवारलाई समय दिन भ्याउँदिनथें । अहिले पूरै समय घरपरिवारलाई दिइरहेको छु । यो बीचमा एक हजार किलोमिटरभन्दा बढी साइकल यात्रा गरें । त्यस्तै एक हजार किलोमिटरभन्दा धेरै पैदल यात्रा गरिसकेको छु । दुई हजारभन्दा बढी व्यक्तिसँग फोन संवाद भयो भने पाँच हजार फेसबुक साथीहरुसँग जोडिएको छु । टेलिफोन, फेसबुक र प्रत्यक्ष भेटेर जति जनासँग संवाद गरें उनीहरु सबै कोरोनापछि सिर्जित समस्याबाट निराश भएको पाएँ । जोसित कुरा गर्दा पनि नकारात्मक भएको पाएँ । कोरोनाले बर्वाद बनायो, कोरोनाले रोजगारी खोसियो, व्यापार व्यवसाय चौपट्ट भयो । यस्तैयस्तै गुनासा र समस्या सुनें उनीहरुबाट । तर, यो समस्या कुनै एउटा देशका सीमित नागरिकका लागि मात्रै होइन । हालसम्म २१८ वटा मुलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ । व्यक्ति होइन देशलाई नै कोरोनाले आक्रान्त बनाएको छ । यस्तो अवस्थामा किन चिन्ता र पीर लिनु ? आखिर चिन्ता र पीर लिएर समस्या समाधान हुने पनि होइन ।
सन् २०२० हामी सबैका लागि फलदायी भएन । कोभिडले गाँजेको बेला मैले यही समयमा दुईवटा मोमोनेस रेष्टुरेन्ट स्थापना गरें । जुन एउटा १६ स्क्वायर मिटरमा अवस्थित छ । जुन अष्ट्रियाकै सबैभन्दा सानो ठाउँमा अवस्थित रेष्टुरेन्ट हुन सक्छ । यसमा मात्रै २ करोड ४० लाख नेपाली रुपैयाँ अर्थात् २ लाख युरो लगानी लागेको छ । सानो ठाउँका लागि यति ठूलो लगानी आफैंमा आश्चर्यजनक छ । जसलाई अष्ट्रियाको वास्तुकलाले पुरस्कारका लागि मनोनयन गरेको छ । यो सन् २०२० का लागि मनोनयन गरेको हो । जसले गर्दा म निकै उत्साहित भएको छु । आफूले गरेको कामबाट राम्रो प्रतिफल प्राप्त हुँदा को खुसी र उत्साहित नहोला ? सानो ठाउँमा ठूलो लगानीमा स्थापित मोमोनेस रेष्टुरेन्ट यसरी मनोनयनमा पर्दा आगामी दिनमा अगाडि बढ्न थप हौसला मिलेको छ । यस्तै–यस्तै नयाँ काम गर्न थप उत्प्रेरणा प्राप्त भएको छ ।
म जहिले पनि नयाँ–नयाँ काम गर्न रुचाउँछु । आखिर जिन्दगी भनेको प्रयोग त रहेछ । मलाई विभिन्न प्रयोग गर्न मन लाग्छ । यो रेष्टुरेन्टलाई पनि प्रयोगका रुपमा लिएको छु । अब चाँडै नै अर्को मोमोनेस रेष्टुरेन्ट खोल्ने तयारीमा छु । यसअघि खोलेको मोमोनेसले धेरैको मन जित्न सफल भएको छ । ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो । यसैलाई मूलमन्त्र बनाएर अगाडि बढिरहेको छु । जसमा मेरा कर्मचारी र परिवारको अथक मेहनत र लगाव रहेको छ ।
कोभिडकै बीचमा दुईपटक अन्तर्राष्ट्रिय उडान गरियो । ग्रीस र स्पेनमा पारिवारिक भ्रमणमा गएँ । यही बीचमा ‘नेपाली युरोपियन खेलकुद संघ’ (एनआइएससी) स्थापना गर्न सफल भएँ । जसमा थुप्रै साथीभाइ र इष्टमित्रको साथ र सहयोग रह्यो । संघमार्फत ‘स्वास्थ्य र मेलमिलापका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिता भलिबल प्रतियोगिता गर्ने तयारी हुँदाहुँदै कोरोना तीव्र गतिमा फैलियो र लकडाउन भयो । जसका कारण सन् २०२० मा प्रतियोगिता गर्न सकिएन । अब कोभिड कम हुनेछ र सन् २०२१ मा प्रतियोगिता हुनेछ भनेर आशा लिएको छु ।
कोभिडले पारेको असर र त्यसबाट उत्पन्न समस्या एक ठाउँमा छ । तर, मैले कोभिडकै बीचमा पनि केही नयाँ काम गरें भन्ने लाग्दछ । कोरोनाका कारण अब धेरै मानिसमा मानसिक समस्या देखिने निश्चित छ । यसको मूल कारण भनेको अनावश्यक चिन्ता लिनु नै हो । सधैं सकारात्मक सोचौं, अनावश्यक चिन्ता लिन छाडौं । नयाँ–नयाँ काम गर्नेतर्फ ध्यान केन्द्रित गरौं । काँडामा पनि फूल देख्ने बानीको विकास गरौं । मरुभूमिमा पनि हरियाली भएको महसुस गरौं । अँध्यारोमा पनि उज्यालोको कल्पना गरौं । बस यति गर्न सकियो भने हाम्रा वरिपरि भएका आधा समस्या आफैं समाधान भएर जान्छन् । अनि तपाईं आफैंलाई लाग्न थाल्नेछ– जिन्दगी कति सुन्दर !
(समाजसेवीसमेत रहनुभएका लेखक अष्ट्रियाको इन्स्ब्रुकमा परिवारसहित विगत दुई दशकदेखि रेष्टुरेन्ट व्यवसाय गरेर बस्दै आउनुभएको छ ।)

सम्बन्धित

ताजा अपडेट
मोरङ रेडक्रसद्वारा दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण 
रिजाल परिवारका जग्गादाता पुर्खाहरुको प्रतिमा अनावरण
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल