Birat Post सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ माघ ।

काठमाडौंमा हुने राष्ट्रिय महिला लिग फुटबलका लागि विराटनगर महानगरपालिकाको टोलीलाई विदाई गरिएको छ। काठमाडौंमा आयोजना हुने लिगका लागि सोमबार एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाले टोलीलाई विदाई गरेको हो। कार्यक्रममा महानगरपालिका मेयर भीम पराजुलीले महानगरपालिकाले सक्षम खेलाडी तयार गर्नका लगानी गरिरहेको बताए । मेयर पराजुलीले मैदानमा र प्रशिक्षणका क्रममा देखिएको हौसलाले सफलता हात लाग्ने बिस्वास ब्यक्त गरे ।

महानगरको टोलीमा २५ खेलाडी रहेको मुख्य प्रशिक्षक पारस चौधरीले जानकारी दिए। गत १५ दिनदेखि अभ्यासमा रहेको टोलीमा भारतको झारखण्डबाट २, कोलकाताबाट १ र सिक्कीमबाट १ जना खेलाडी समावेश गरिएको छ । माघ ७ गतेदेखि सुरु हुने प्रतियोगितामा ३ विभागीयसहित ७ टोली, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, विराटनगर महानगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका, स्याङजाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाले सहभागिता जनाउदै छन् । टोलीको नेतृत्व गर्दै टिम लिडर उद्धव अर्याल गएका छन् । गत वर्ष काठमाडौंमा सम्पन्न उपमेयर कपमा विराटनगरको टोलीले सिन्धुपाल्चोकको टोलीलाई टाइब्रेकरमा हराउदै उपाधि चुमेको थियो।

सम्बन्धित

ताजा अपडेट
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
एक महिने स्वस्थानी व्रतको आजबाट समापन
कोसी आमसञ्चार प्रतिष्ठान अध्यक्ष कार्यकारी बनाउन कांग्रेस सांसद पराजुलीको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल