Birat Post बुधबार, माघ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ७ माघ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट काठमान्डौँमा शुरू गरेको महिला राष्ट्रिय फुटबल लिगको उद्घाटन विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका छन् । अघिल्लो वर्ष चैत ३ गतेबाटै शुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो। आज भएको उद्घाटनखेल बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब गोलरहित बराबरीमा रोकिएका हुन्।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्। प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ।

त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ। यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन्। हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन्। त्यस्तै, टिमले प्रतियोगिताका लागि चार विदेशी खेलाडी पनि भित्र्याउन पाउनेछन्। प्रतियोगिता एक महिनासम्म चल्नेछ। सातैवटा टोलीले एन्फाबाट तयारीका लागि एक लाख रुपैयाँ र कोभिड रिलिफ फण्डबाट ५० हजार प्राप्त गर्ने बताईएको छ ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल