विराटनगर ७ माघ ।
माहेश्वरी समाज ,सामुदायीक प्रहरी सेवाकेन्द्र तीनपैनी र सानाहातहरु नेपालले सम्युक्तरुपमा विपन्न तथा अशक्तहरुलाई न्यानो कम्बल वितरण गरेको छ । बुधवार विराटनगर १८ का अपाङ ,अशक्त तथा ८० बर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको हो । यस्तै लैङ्गिक हिंसा सम्वन्धि जनचेतना प्रशिक्षण समेत गरिएको थियो ।
कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष नन्दकिशोर राठी, डिएसपी लोकदर्शन थापा, विराटनगर १८ का कार्यवाहक अध्यक्ष राजदेब महतो,सामुदायीक प्रहरी सेवाकेन्द्रका अध्यक्ष मीना जोशी,सानाहात नेपाल विराटनगरका निरमाया रिमाल लगायतको सहभागिता रहेको थियो ।