Birat Post शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ माघ ।

क्षयरोगीको संख्या बढ्दै गएको आंकलन गर्दै विराटनगर महानगरले खोजपड्ताल र न्यूनिकरणका लागि अभियान शुरु गरेको छ । विराटनगरका ५ र १५ नम्बर वडामा सक्रिय बिरामी खोजीका लागि स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको छ ।  शुक्रबार  महानगरका मेयर भीम पराजुलीले ती वडाहरुमा रहेको स्वास्थ्यकेन्द्रको अवस्था अनुगमन गर्नका साथै आवश्यक मेशिनहरु हस्तान्तरण गरेका छन् ।

सहयोगी संस्थाहरु विएनएमटी,सिआरएस र नाटाको सहयोगमा खोजपड्ताल अभियान थालनी भएको हो । यस्तै आवश्यक प्राविधिक सामाग्री र युएसजी मेशिन विराटनगर महानगरले खरिद गरी वडामा रहेका स्वास्थ्य संस्थामा हस्तान्तरण गरिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । कार्यक्रममा बोल्दै मेयर पराजुलीले क्षयरोगीको संख्या देशभर बढ्दै गएको र यसको प्रभाव विराटनगरमा पनि रहेको अनुसन्धानबाट देखिन आएकाले खोजपड्ताल अभियान थालिएको बताए ।

कुनैपनि उमेर ,समुहका मानिसले अकालमा ज्यान नगुमाउन् भन्ने उदेश्यका साथ थालिएको अभियानमा सहभागी हुन मेयर पराजुलीले अपिल गरे । विराटनगरमा अहिले ३ सयको हाराहारीमा क्षयरोगीका बिरामी रहेका छन् । खोजपड्ताल शुरु भए संगै यो संख्या बढ्ने अनुमान स्वास्थ्यविज्ञहरुले गरेका छन् । नेपालमा हरेक दिन २० जना क्षयरोगीहरु मर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल