Birat Post आइतबार, माघ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ११ माघ । 

मोरङको विराटनगरबाट १ जना र पथरी शनिश्चरेबाट ५ जना लागुऔषध सहित पक्राउ परेका छन् ।

पथरी शनिश्चरेबाट पक्राउ पर्नेमा स्थानिय १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई,२४ बर्षीय नवराज राई,भोजपुर साल्पासिलोछो–२ का १९ बर्षीय निराज राई र विराटनगरबाट पक्राउ पर्नेमा धरान–९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन् ।

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र निजहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यस्तै, विराटनगर– १७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सुवास लामीछाने उपर चेकजाँच गर्दा SPASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET-१५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC-२० बोतल लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएकोे छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर- ४ ले क्रियाशिल प्रमाणपत्र वितरण अभियानलाई दियो तिब्रता
राधाकृष्ण रथयात्राको सम्पूण तयारी पूरा, एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष अन्तरगतको सेवा सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल