Birat Post शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ माघ ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जी.पी कोइराला फाउण्डेसन प्रदेश नं.१ को अध्यक्षमा शैलेन्द्र शिवाकोटी मनोनित भएका छन् । यसभन्दा अगाडी शिवाकोटी फाउण्डेसनको प्रदेश सचिव थिए । शुक्रवार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका वीच नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले शिवाकोटीलाई फाउण्डेसनको अध्यक्षमा मनोनित गरेकी हुन् । शिवाकोटीले अव नयाँ कार्यसमिति बनाउने छन् । यस संगै कोइरालाले समाजसेवी निर्मल दुगडलाई फाउण्डेसनको सचिवमा मनोनित गरेकी छन् ।

अध्यक्ष शिवाकोटी सामाजिक तथा शैक्षिक जगतमा चीरपरिचित व्यक्ति हुन् । पारदर्शी र कार्यकौशलतामा पूण शिवाकोटी मनोनित भए संगै विराटनगरमा निर्माणधिन जी.पी कोइराला संग्राहालय भवनले पूर्णता पाउने अपेक्षा गरिएको छ । यस भन्दा अगाडी फाउण्डेसन अध्यक्ष इन्दिरा थापाको कार्यअवधि सकिए संगै उक्त पद रिक्त रहेको थियो । कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सवैलाई मिलाएर हिड्न र जिल्ला कमिटिहरुलाई समेत सक्रिय वनाउन आग्रह गरिन् ।

कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरिसकेको छ । कार्यक्रममा कांग्रेस मोरङका नेता सन्जय भट्टराई ,सुचि चौधरी,दरुणदल जिल्ला अध्यक्ष सन्जय थापा ,जी.पी कोइराला फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौला,कोषाध्यक्ष पुनम सिंह,सदस्य अन्जु दाहाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल