अर्जुन खड्का आइतबार, माघ १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

दुहबी १८ माघ ।
सुनसरीको दुहबीमा स्पोर्टस एकेडेमी निर्माण हुने भएको छ । तेस्रो  मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले दुहबीमा चाडैं नै स्पोर्टस एकेडेमी निर्माण हुने जानकारी दिएका छन्। मेयर गच्छदारले स्पोर्टस एकेडेमी बनाउनका लागि वडा नं.७ मा रहेको भलुवा आधारभुत विद्यालय र वडा नं. ११ को दुर्गा आधारभुत विद्यालयको नाममा रहेको ५ विघा जग्गा ३५ वर्षको लागि लिजमा लिई सकेको जानकारी दिए ।‘अबको केही दिनमै स्पोर्टस् एकेडेमीका लागि भौतिक संरचना निर्माणको काम सुरु हुने गच्छदारले बताए ।

नेपाल फुटवल एशोसिएशन र दुहबी नगरपालिकाको संयुक्त लगानीमा रंङ्गशाला र २ वटा अभ्यास फिल्ड निर्माण हुनेछ । उक्त भौतिक संरचनाहरु ३५ बर्ष पछाडी विद्यालयलाई हस्तान्तण गरी नगरपालिकाले अभिभावकको रुपमा सहयोग गर्ने मेयरले जानकारी गराए ।
यस्तै समुह चरणको आजको पहिलो खेल दुहवी वडा नं.६ र दुहबी वडा नं.१२ बिच भएको थियो।उक्त खेलमा वडा नं.६ विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा वडा नं. ६ का लागि मनिस वि.कले एक मात्र निर्णयक गोल गरेका थए । खेलको म्यान अफ द म्याच पनि मनिष भए । उनलाइ नगद सहित सम्मान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सोलुमा सेताम्य हिउँले ढाकेका भाग घट्दै, पहाडको आधा भागमा कालो चट्टान देखिन थाले
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल
आईजी कार्कीको बयान आज

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल