बिराटनगर, १८माघ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो ।
झापाको गौरिगंज गाँउपालिका(६ का ३५ घर परिवारलाई गौरिगंज भगवती प्राथमिक बिधालयमा आइतवार एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाधान्न सामाग्रीहरु बितरण गरेकी छन् । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधि , स्थानियवासी तथा स्थानीय शुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।