Birat Post सोमबार, माघ २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ माघ / साहित्यकार एवं समाजसेवी मणिकुमार अज्र्याल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको एक नम्बर प्रदेश समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

च्याप्टरको आज विराटनगरमा आयोजित भेलाबाट अज्र्याल सर्वसम्मत चयन भएका हुन् । अज्र्यालसँगै समितिको उपाध्यक्षमा निर्मला कोइराला, सचिवमा सविता गौतम दाहाल, सहसचिवमा भगवती ढुंगेल र कोषाध्यक्षमा मेनका चापागाईं चयन भए । यसैगरी ९ सदस्यीय प्रदेश समितिको सदस्यमा राममणि पोखरेल, माया पौडेल, ईश्वर ओझा र ईश्वरी गौतम रहेका छन् । सर्वसम्मत अज्र्याल नेतृत्वको कार्यसमितिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष डा. सन्ध्या पहाडी, महासचिव ऋषभदेव घिमिरे र कोषाध्यक्ष किशोर श्रेष्ठले अध्यक्ष पदको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष अज्र्यालले नेपाली भाषा, संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न तथा नयाँ सर्जकहरुलाई प्रोत्साहन गर्न आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै सोही कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई सम्मान गरिएको थियो ।

सुवेदीले नेपाली भाषा, साहित्य, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक समितिले जनाएको छ । सुवेदीलाई प्राज्ञ विवश पोखरेल, अध्यक्ष अज्र्याललगायतले सम्मान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल