Birat Post बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ माघ ।
साहित्यकार बाबुराम श्रेष्ठ ‘वर्षा’द्वारा लिखित धार्मिक र सांस्कृतिक यात्रा कृतिको बिहीबार विमोचन गरिएको छ ।

चेतना संरक्षण प्रतिष्ठान र नेपाल पूर्वप्रहरी संगठन प्रदेश–१ को आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले कृतिको विमोचन गरे । वरिष्ठ समालोचक दधिराज सुवेदीले विमोचित कृतिको टिप्पणी गरेका थिए । कृतिले पाठकलाई धेरै ठाउँको धार्मिक र सांस्कृतिक क्षेत्रको बारेमा जानकारी दिने समालोचक सुवेदीले बताए । उनले विभिन्न धार्मिक र सांस्कृतिक स्थलको भ्रमणका क्रममा साहित्यकार श्रेष्ठले देखे–भोगेका विषयहरुलाई कृतिमा समेटेको जानकारी दिए ।

सोही समारोहमा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र शम्भुबहादुर पोखरेललाई जंगवीर गुभाजु प्रतिष्ठान झापाका तर्फबाट सम्मान गरिएको थियो । प्रधान र पोखरेललाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा.गोविन्दराज भट्टराई, विशिष्ट अतिथि साहित्यकार प्रेमप्रकाश फलारीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, युवाकवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार इन्द्रप्रसाद ओली, लेखक बाबुराम श्रेष्ठ ‘वर्षा’लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल