विराटनगर ४ फाल्गुन ।
विराटनगर महानगर वडा नं. १२ को आफ्नै भवन बन्ने भएको छ । आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी थालिएको सो भवनको श्रीपञ्चमीको शुभसाइतमा शिलान्यास गरिएको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले उक्त भवन निर्माण स्थलको शिलान्यास गरेका हुन् । कार्यक्रममा विराटगर १२ का वडाध्यक्ष हिरालाल कामत, लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधिस स्वामी प्रपन्नाचार्य लगायतको सहभागिता रहेको थियो ।