Birat Post बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ फाल्गुन ।
संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने आश्वासन दिएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा बिहिवबार आयोजित १४ औं भेलामा बोल्दै मन्त्री ढकालले यस्तो आश्वासन दिएका हुन् । उनले अहिलेसम्म १२५ जातजातिहरु सूचिकृत भएको र अन्य दुई सहित यो समुदायलाई पनि सूचितकृत गर्न चाँडै संघीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रीपरिषद वैठकमा प्रस्ताव लग्ने बताए ।समिति (विराट) का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्गै, भाषा , पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचितकृतका लागि सम्वोधन नगरेकोमा गुनासो व्यक्त गरे ।

नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी,थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी,गुप्त नारायण मण्डल, राप्रपा मोरङ अध्यक्ष माधव आचार्य,राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी(विराट) उल्लेख गर्नुपर्नेमा जोड दिए । मोरङ,झापा र सुनसरीमा अधिकाँश राजवंशी(विराट)हरुको वासोबास रहेको र उनीहरुको जनसङ्ख्या एक लाख भन्दा वढी रहेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल