Birat Post शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ फाल्गुन ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गरी प्रदेश संरचनालाई कमजोर बनाउने काम भइरहेको बताएका छन् । जनताको बिकास र समृद्धिको चाहनालाई तुषारापात गर्ने काम भइरहेको भन्दै उनले यसलाई शुभ संकेत नभएको टिप्पणी समेत गरेका छन् ।

प्रदेश १ सरकारले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा गरेको प्रभातफेरी संगै मुख्यमन्त्री कार्यालयमा भएको मुल समारोहमा बोल्दै मुख्यमन्त्री राइले यस्तो बताएका हुन् । उनले अराजकता गरेर उपलब्धि हासिल गर्ने दिन गएको भन्दै जनताको भावना अनुसार काम गर्न बर्तमान सरकार लागिरहेको दाबी गरे । उनले गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदको सपनालाई पुरा गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइरहेको स्मरण गरे ।

मुख्यमन्त्री राईले संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको जोगाउदै अझ व्यवस्थित बनाउदै लानुपर्ने बताए । आगामी बैशाख १७ र २७ का लागी निर्बाचन मिति तय भै निर्बाचन आयोगले निर्बाचनको तयारी शुरु गरेको बताउदै मुख्यमन्त्री राइले देशमा भइरहेको अराजकता र फोहरी खेलबाट जोगाउन ताजा जनादेश आबश्यक रहेको औल्याए । कार्यक्रममा प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी), आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियत, विराटनगर महानगरका मेयर भीम पराजुली लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल