विराटनगर १० फाल्गुन ।
युथ कांग्रेस मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक सहित ज्ञापनपत्र हस्तान्तरण गरेको छ । प्रतिनिधिसभा बिघटन संगै संबैधानिक संकट सृजना हुन गएको र देश दुर्घटनाको मोडमा नपुगोस् भन्ने उदेश्यका साथ प्रधानमन्त्रीलाई सच्चिन आग्रह गर्दै एक थान संविधानको पुस्तक पठाइएको युथ कांग्रेस मोरङका अध्यक्ष अभिषेक भट्टराइले बताए । सोमबार कालो पट्टी र ब्यानर सहित जिल्ला प्रशासन कार्यालय पुगेका युथ कांग्रेसका दर्जनौ युवाहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमा बोल्दै युथ कांग्रेसका प्रदेश संयोजक सविन दाहालले प्रधानमन्त्रीले संविधानको अपहेलना गरेको बताए । अलोकतान्त्रिक बिधिवाट चलेको सरकारलाई सच्चिएर संविधान रक्षाको लागि जुट्न दाहालले आग्रह गरे । सरकारका गतिविधि नसच्चिए युवाहरु जस्तो सुकै आन्दोलनमा होमिन सक्ने बताए ।संविधानको पुस्तक र ज्ञापनपत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यथासक्य चाढो प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।